•  १५ बैशाख २०८१, शनिबार
  •  8:32:57 PM

फ्रान्कफुर्टसँग रोकियो बार्सिलोना

- चैत्र २५, २०७८ मा प्रकाशित


काठमाडौं: युइएफए युरोपा लिग फुटबल अन्तर्गत बिहीबार भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोल अन्तरले बराबरीमा रोकिएको छ ।

खेलमा पहिलो गोल घरेलु टोली फ्रान्कफुर्टले गर्‍याे । भ्रमणकारी टोली बार्सिलोनाले खेल बराबरी ल्याएको हो ।

४८औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६६ औं मिनेटमा फेरान  टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरी स्थितिमा ल्याए । 

खेलको ७८ औं मिनेटमा टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो ।

अब बार्सिलोना र फ्रान्कफुर्टबीचको दोस्रो लेग १५ अप्रिलमा बार्सिलोनाको मैदानमा नोउ क्याम्पमा हुनेछ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर