•  १२ श्रावण २०८१, शनिबार
  •  12:17:41 PM

इटहरीमा तामाङ धेदुङकाे ५ दिने प्रशिक्षण सुरू

- चैत्र २५, २०८० मा प्रकाशित



–सरिता योन्जन
इटहरी । इटहरीमा नेपाल तामाङ घेदुङको ५ दिने भाषा ,लिपि सम्बन्धि प्रशिक्षण कार्यक्रम आइतबार बाट शुरु भएको छ।२/ दिन भाषा२ दिन लिपि र एक दिन नाटक तथा कविता प्रतियोगिता रहने छ।

नेपाल आदिवासी जनजाती महासंघ सुनसरिका अध्यक्ष चिराहाङ राइले आदिवासी जनजातिलाइ सरकारले माग्ने बनाएकाे आराेप लगाएका छन । सुनसरिकाे इटहरीमा नेपाल तामाङ धेदुङकाे भाषा तथा लिपि ५ दिने प्रशिक्षण कार्यक्रममा बाेल्दै अध्यक्ष राइले यस्ताे बताएका हुन । उनले मुलुक परिवर्तनमा जनजातीहरूकाे बाक्लाे उपस्थिती रहदै बिभिन्न आन्दाेलनमा समेत उतिकै याेग्दान रहेता पनि राज्यबाट जहिले उपेक्षित हुनु परेको गुनासो राखे।
देशकाे बिभिन्न कालखण्डले आफ्नाे समुदायकाे भाषा , संस्कार संस्कृती र लिपि गायव गरिदिएकाे आराेप समेत लगाए। जब सम्म यि माथीका कुराहरूकाे संरक्षण तर्फ राज्य र समुदायका ब्यक्तीहरू लाग्दैनन तब सम्म आदिवासीहरू जहाको त्यही रहने बताए।

समुदायकाे भाषा र संस्कृती जगेर्ना तर्फ स्थानिय तहबाटै जोड दिनु पर्ने नेपाल तामाङ युवा धेदुङ सुन्सरीका अध्यक्ष प्रदिप तामाङ्ले बताए। उनले स्थानिय स्तरमा रहेका सबै बिद्यालयहरूमा हप्ताकाे एक दिन समुदायकाे पहिचान झल्कने खाल्काे पाेशाक अनिवार्य गर्नु पर्ने समेत जिकिर गरे।

इटहरीका २० वटै वडा गरि करीब ३ सय जनाको हाराहारीमा प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम जम्मा १ लाख लगानी गरि दिन लागेको नेपाल तामाङ घेदुङ इटहरीका अध्यक्ष मोहन लोप्चनले जानकारी दिए। प्रशिक्षार्थीहरुलाइ नेपाल तामाङ ताम्बा धेदुङ प्रदेश नं १ का अध्यक्ष पदम ग्यावाक तामाङले प्रशिक्षण दिने जनाइएकाे छ ।

नेपाल आदिवासि जनजाती महासंघ सुनसरी र नेपाल तामाङ धेदुङ इटहरीकाे संयुक्त आयोजनामा ५ दिने भाषा तथा लिपि सम्बन्धि कार्यक्रममा आयोजना भएको हो।

Comments

सम्बन्धित खवर