•  १७ बैशाख २०८१, सोमबार
  •  2:26:05 AM

खाेला सफाइ अभियानमा निर्मम बन्दै उपमहानगर बिन्ती गर्दा पनि भत्काइयाे भवन

- चैत्र २७, २०८० मा प्रकाशित


–सरिता योन्जन
इटहरी । इटहरी उपमहानगरकाे बहुप्रतिस्ठिआयाेजना अन्तरगत टेंग्रा करिडाेर निर्माणकाे काम अहिले धमाधम भइरहेकाे छ । इटहरी २ तालतलैया स्थित मुहान बाट सुरू गरिएकाे खाेला सफाइ अभियान ४ नं वडामा आइपुगेकाे छ । गत चैत्र १३ गते बाट सुरू भएकाे टेंग्रा खाेला सफाइ अभियान ११ दिन आइपुग्दा ४४ वटा संरचना भतकाइएका छन । जसमा २३ वटा चाैपायाका खाेरहरू रहेका छन भने बाकिका २१ वटा भने स्थानियहरूकाे घरहरू रहेकाे उपमहानगरले जनाएकाे छ । खाेला क्षेत्रमा ९ वटा सम्म स्काभेटर र डाेजर चलाएर फराकिलाे बनाइनुकासाथै खाेलाकाे सिमा भित्र पर्ने भाैतिक संरचनाहरू हटाउने कामले पनि तिब्रता पाएकाे छ ।

याे भन्दा अघिल्लाे नेतृत्त्वकाे स्थानिय सरकारले गर्न नसकेकाे काम अहिलेका मेयर हेमकर्ण पाैडेलले गरेकाे भन्दै चाैतर्फी उनकाे चर्चा चुलीएकाे छ । खाेलाकाे जग्गा मिचेर बनाइएकाे संरचना हटाउनेबारे उपमहानगरले चार पटक सम्म सार्वजनिक सुचना जारी गर्दा पनि स्थानियले अटेर गर्दै आएका थिए । वर्खाकाे बेला खाेला साघुरिदा आउने बाढीले इटहरीकाे अधिकांस क्षेत्र डुबानमा पर्ने गरेकाे छ ।

यस वर्ष देखि डुबानबाट हुने क्षती न्यनिकरण र टेंग्रा सफाइ अभियान संगै करिडाेर निर्माणकाे याेजना अघि बढेकाे इटहरी उपमहानगरका मेयर हेमकर्ण पाैडेलले बताए । साेहि अभियान अन्तरगत खाेलाकाे जगगा अतिक्रमण गरेर बनाइएकाे भाैतिक संरचनाहरू भत्काउने काम गरिरहेकाे उनले बताए । इटहरी २ बाट सुरू भएकाे अभियान वडा नं ४ मा आइपुग्दा असहज परिस्थीतीकाे सामना गर्नु परिरहेकाे मेयर पाैडेलले बताए । ४ नं क्षेत्रमा स्थानियहरूकाे थुप्रै भवनहरू भत्किने भएका छन । तर स्थानियहरूले बिराेध गर्दै आइरहेका छन ।

वर्षेनी आउने बाढिबाट खाेलाले आफुहरू बसेकाे जग्गा अतिक्रमण गरेर पिडित बनाएकाेमा उपमहानगरले पनि घर भत्काएर पिडा माथी पिडा दिएकाे स्थानियहरूकाे भनाइ छ ।

Comments

सम्बन्धित खवर