•  १७ बैशाख २०८१, सोमबार
  •  1:21:24 AM

वडाध्यक्ष दिवश पोख्रेलको सकृियता : भित्री सडक धमाधम पिच बन्दै

- चैत्र २८, २०८० मा प्रकाशित


–सरिता योन्जन
इटहरी । उपमहानगरपालिका वडा नं ६ का भित्री कच्ची सडकहरू यसै वर्ष देखि धमाधम पिचमा परिणत भएका छन । वडाका ५ वटा भित्री सडकहरू अहिले धमाधम पिच बनिरहेका छन भने केहि सम्पनन भइसकेका छन ।

इटहरी वडा नं ६ को त्रिवेणी टोलको करीब साडे ८ सय मिटर कच्ची सडक कालोपत्रे भइसकेको छ । डेढ महिना अघि कृष्ण कन्ट्रक्सनले ठेक्का पारे निर्माण सुरू गरेको कालोपत्रेको कामै हालै सम्पन्न भएको उपमहानगर अन्तरगत ६ नं वडाका वडाध्यक्ष दिवश पोख्रेलले बताए । उक्त सडक कुल ३७ लाख रूपैयामा कालो पत्रेको काम सम्पनन भएको वडाध्यक्ष पोख्रेलले बताए । त्यसतै वडाकै विपि चौकस्थित २५० वर्गमिटरको कच्चि बाटो पनि यसै महिना कालोपत्रे सम्पन्न भएको छ । यो सडकलाइ पनि कृष्ण कन्ट्रक्सनले नै कालोपत्रेको ठेक्का पाउको थियो । कुल १८ लाख ५० हजार रूपैयाको लागतमा सो सडक कालोपत्रे गरिएको वडाध्यक्ष पोख्रेलको भनाइ छ ।

त्यस्तै वडाकै नयाँ बजार टोलको करिब डेढ किमीको कच्ची सडक चैत्र महिनामा सकिने गरी ड्रेन सहितको कालोपत्रे साथै टायल समेत लाग्ने गरी मर्मत भइरहेको जनाइएको छ । यो सडकको कुल लागत भने ३७ लाख रहेको बुझिएको छ । त्यसतै खेतीखोला उत्तरको भित्रीबाटो पनि यसै महिनामा सकिने गरी काम धमाधम भइरहेको वडा कार्यालयका इञ्जिनियर आमोद निरौलाले बताए । ३५ मिटर आरसिसि ढलान सहित बन्ने सो सडकको कुल लागत भने ८ लाख रहेको जनाइउको छ । त्यस्तै संगित चौकबाट त्रिवेणी मार्ग जोडने गोरेटो बाटो २५० मिटर आरसिसि ढलान सहितको बनीरहेको जनाइउको छ । यो सडकको कुल लागत भने ७१ लाख रहेको वडा कार्यालयले जनाएको छ ।

यो आर्थिक वर्ष भित्र वडामा रहेका भित्री कचची सडकहरू कालोपत्रे गरिसक्ने योजना अनुरूप काम गरिरहेको उपमहानगर अन्तरगत ६ नं वडा कार्यालयका वडाध्यक्ष दिवश पोख्रेलले बताए ।

Comments

सम्बन्धित खवर