•  १७ बैशाख २०८१, सोमबार
  •  1:09:03 AM

आदिवासी जनजातीहरुको विकास र भूमिको संरक्षण बारे अन्तरकृिया सम्पन्न

- चैत्र २६, २०८० मा प्रकाशित


–सरिता योन्जन
इटहरी  । सुनसरीकाे इटहरीमा साेमबार आदिवासी जनजातीहरुको विकास र भूमिको संरक्षण विषयक एक दिने अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएकाे छ ।

थारु समुदायका व्यक्तिहरुले हासिल गरेका सफलता र आगामी दिनहरुमा आदिवासी कसरी अगाडी बढ्ने र हक हित र अधिकारको सुनिश्चित गर्नका लागि के के गर्न सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको लाहुनियका केन्द्रिय सचिव भिम राईले बताए ।
समयमा नै विभिन्न जातीय संस्थाहरुमा नपुगेका कारण आदिवासी जनजातीका पदाधिकारीहरुको उपस्थित न्यून रहेको देखिन्थ्यो । आदिवासीको क्षेत्राधिकार भित्र कुनैपनि कार्य गर्ने निर्णय लिदै गर्दा सरकारी निकायले समेत आदिवासी सँग उनीहरुकै भाषामा मञ्जुरी लिनुपर्ने उनले बताए ।

धार्मिक ऐतिहासिक सभ्यताहरुको स्थानीय सरकारले संरक्षण गर्ने र लगत मात्र राख्ने हो । उपयोग गर्ने हक नभएको समेत दावी गरे । प्रत्येक समुदायलाई आफ्नो संस्कार संस्कृति मान्ने र स्थान संरक्षण गर्ने अधिकार भएको उनको भनाई छ ।इटहरीका मेयर हेमकर्ण पौडेलले विद्यालयको पोषाक तोक्दै गर्दा आदिवासी जनजातीको पोषाक बारे एकपल्ट पनि नसोचेको भन्दै उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी भएका नेपाल तामाङ्ग युवा घेदुङ सुनसरीका अध्यक्ष प्रदिप तामाङ्गले आपति जनाए ।

नेपाली पोषाकमा विद्यार्थीहरु विद्यालय गइरहँदा समपूर्ण आदिवासी जनजातीहरुको संस्कार संस्कृति र भेषभुषा लोप हुने भएको हुँदा स्थानीय सरकारले हप्तामा एक दिन आ–आफ्नो जातीय पोषाकमा विद्यालय आउने वातावरण सिर्जना गरिदिनुपर्ने उनको भनाई रहेको थिया । स्थानीय सरकारले आदिवासीको संस्कार र संस्कृतिलाई महत्व नदिएको आरोप समेत लगाए ।

नेपाल आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समूह (लाहुनिया) काठमाडौंको आयोजना र आदिवासीहरुको मानव अधिकार प्रतिरक्षक संजाल श्रीग्रामस्थान संरक्षण समिति सुनसरीको समन्वयमा उक्त कार्यक्रम आयोजना भएको थियो ।

Comments

सम्बन्धित खवर