•  १७ बैशाख २०८१, सोमबार
  •  1:20:56 AM

इटहरीमा पनि मनाइयो चैती छठ

- बैशाख २, २०८१ मा प्रकाशित


इटहरी । प्राय जसो मिथिला क्षेत्रमा देखिने चैती छठ पर्व आइतबार इटहरीमा पनि धुमधाम मनाइएको छ । सुनसरी र मोरङको संगम स्थल बुढिगंगा जमुना मुक्तीघाटमा नेपाली मधेशी समाज इटहरीले चैती छठ पर्व मनाएको हो ।

. ५ सय भन्दा बढी भक्तजनहरूले आइतबार बुढि घाटमा नुहाएर शुद्ध खाना खाएर खालामै बास बसेी पर्व मनाएका हुन । श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (चैती छठ) पर्वको विधि शनिबारबाट सुरू भएको र पहिलो दिन निराहार वर्त बसेर पर्वलाइ स्वागत गरि दोश्रो दिन आइतबार ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) र सोमबार पर्वलाइ बिदा गरिने परम्परा रहेको नेपाली मधेसी समाज इटहरीका सचिव चन्दन झाले बताए । निराहार वर्त बसी मनबाट गरिएको बिभिन्न भाकलहरू छैठी माताले पुरा गरिदिने जनविश्वासका साथ यो पर्व मनाइने सुर्यनारायण मन्दिरका पुजारी दिनेस झाले बताए । यो पर्व तिन सम्म मनाइने पुजारी झाले बताए ।

चैती छठ पर्वलाइ नै मध्यनजर गर्दै नेपाली मधेसी समाज इटहरीका अध्यक्ष राजकुमार साह बुढीघाट आसपास ५ सय भन्दा बढी स्टलहरू निर्माण गरिदिएको छ । पर्वलाइ भब्य र सब्य बनाउन इटहरी , सुन्दरहरैचा र बेलबारीबाट समेत भक्तजनहरूको उपस्थिती रहेको छ । निस्ठा पुर्कव यो पर्व माने आफ्नो मनोकांषा पुरा हुने भक्तजनहरूको विश्वास छ । पर्वमा हुने बिभिन्न प्रकारको घटनाहरुलाई मध्यनजर गर्दै नेपाली मधेसी समाजको पहलमा सो क्ष्ेत्र आसपास सुरक्षाको पन िव्यवस्था मिलाइएको नेपाली मधेसी समाजका प्रकास महतोले बताए ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गर्ने गरिन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोवलिएर अघ्र्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिने सुर्य नारायण मन्दिरका पुजारी दिनेस झाले बताए । छठपर्वमा ठकुवा, भुसुवा (कसार)सहितका मिष्ठान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री बर्तालुले अर्घका बेला सूर्यतर्फ देखाउने गर्छन् । छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।

मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्टरोग निवारणका लागि गरेका र त्यसैबेलादेखि प्रारम्भ भएको मानिन्छ । व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

Comments

सम्बन्धित खवर