•  १८ बैशाख २०८१, मंगलवार
  •  4:40:46 PM

इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न

- बैशाख ५, २०८१ मा प्रकाशित


—सरिता योन्जन
इटहरी– नेपालमा महिला विरुद्ध अपराध र कानुनी सचेतना सम्बन्धि एक दिवासिय गोष्ठी इटहरीमा सम्पन्न भएको छ । द साल्भेसन मिसनको आयोजना र इटहरी उपमहानगरपालिका वडा न. १ को समन्वयमा उक्त कार्यक्रम समापन भएको हो ।

विश्वमा सबैभन्दा ठूलो व्यापार मध्येमा मानव बेचबिखन पनि एक भएको हुँदा बच्चा देखि वृद्ध सम्मका मानिसहरुले सावधानी अपनाउनु पर्ने द साल्भेसन मिसनका सचिव निशान लो ले जानकारी गराए ।
भूकम्पको बेला राहत देखि लिएर उद्धार कार्यसम्म र कोभिडको बेलामा हस्पिटल निर्माण लगायत विभिन्न अफ्ठ्यारो समयमा आवश्यकता अनुसारको सहयोग यस संस्थाले गर्दै आएको उनले जिकिर गरे । देशभरीमा ५ सय जना महिलाहरुलाई सीपमूलक कार्यक्रम दिँदै आएको पूर्वको झापा, मोरङ, सुनसरी जिल्लाका ३ वटा स्थान, इटहरी उपमहानगरपालिका, केराबारी गाउँपालिका र हल्दिबारी गाउँपालिकामा सीपमूलक कार्यक्रम अहिले संचालन भइरहेको उनले बताए ।

३ वटा जिल्ला गरी जम्मा २५ लाख बराबरीको सीपमूलक तालिम संचालनमा ल्याएको उनको भनाई छ । इटहरीमा जम्मा २५ जनालाई फ्रि ट्युसन र सिलाई कटिङ्खको एक सेशनमा जम्मा १० जना राखी १० वटा सेशन नै संचालन हुँदै गरेको लो ले बताए ।
एकल महिला दण्ड पीडित सिमान्तकृत र आदिवासी जनजातीलाई विशेष प्राथमिकतामा राखी उक्त कार्यक्रम संचालनमा ल्याएको उनको भनाई छ । यस कार्यक्रममा काठमाडौं ललितपुर बार एशोसियसनका सचिव अधिवक्ता छोनाम मोक्तान र ललितपुर बार एशोसियसनकै सदस्य अधिवक्ता जिवन कुमार बस्नेतले प्रशिक्षण दिएका थिए ।

कानुनले दिएको अधिकारको प्रयोग गर्दै कसरी समृद्ध बन्ने र कुनैपनि शोषणमा परेमा सोही व्यक्तिले कहाँ गएर कसरी उजुरी गर्ने भन्ने विषयमा सबैमा ज्ञान हुनुपर्ने अभिवक्ता ललितपुर बार एशोसियसनका सचिव छोनाम मोक्तानले बताए । अहिले नयाँ प्रविधिको प्रयोग गरेर मानव बेचविखन हुने गरेको र राज्यले सक्षम र सवल व्यक्तिलाई समेत योग्यता र क्षमता अनुसारको रोजगारी देशमै सिर्जना गर्न नसकेका कारण यस्ता प्रकारका अपराधहरु बढ्दै गएको मोक्तानले बताए ।

Comments

सम्बन्धित खवर