•  १७ बैशाख २०८१, सोमबार
  •  1:50:18 AM

सुन्दरहरैंचामा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु

- चैत्र २६, २०८० मा प्रकाशित


–सरिता योन्जन
इटहरी । मोरङको सुन्दरहरैचा नगरपालिका-८ स्थित पुर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।
साेमबार दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जादै गरेको प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साईकल यात्री स्थानिय ७९ बर्षीय डम्बरु प्रसाद निरौलालाई ठक्कर दिदा घाईते भएका उनलाई उपचारको लागी बिराटनगर नोबेल अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने बसका चालक सुनसरीको धरान उप-महानगरपालिका- २० का बल बहादुर लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

Comments

सम्बन्धित खवर