•  १७ बैशाख २०८१, सोमबार
  •  1:59:18 AM

वडाध्यक्ष पाेख्रेलकाे सकृियतामा नेपालमै पहिलाे पल्ट स्तन क्यान्सर जाँच गर्ने नया प्रविधिको मेसिन इटहरी भित्रीयाे

- चैत्र २५, २०८० मा प्रकाशित


  • सरिता याेन्जन

इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालिका वडा नं ६ का वडाध्यक्ष दिवस पाेख्रेलकाे सकृियतामा नेपालमै पहिलाे पल्ट स्तन क्यान्सर जाँच गर्ने नयाँ प्रविधी इटहरी भित्रिएकाे छ । महिलाहरुमा हुन सक्ने स्तन क्यान्सर जस्तो घातक रोग जाँच गर्ने मेशिन नेपालमानै पहिलो पटक इटहरी उपमहानगरपालिका वडा नं. ६ मा उपलब्ध भएको हाे।

 उपकरण आएपछि इटहरीका महिला दिदी बहिनीहरुले शिविर अवधिभर निःशुल्क सेवा लिन पाउने इटहरी ६ वडाका वडा अध्यक्ष दिवस पोखरेलले बताए ।नेपालमा नै पहिलो पटक थर्मल सेनसर क्यामरा विधिबाट महिलाहरुको स्तन क्यान्सर सम्बन्धि परीक्षण शिविर इटहरी उपमहानगरपालिका वडा नं. ६ र आधारभूत स्वास्थ्य केन्द्र इटहरीको आयोजनामा संचालन भइरहेको पोखरेलले जानकारी गराए ।

३५ वर्ष माथिका महिला दिदीबहिनी हरुलाई बोलाएर नै उक्त रोगको परीक्षण गर्न लगाएको उनले बताए । जाँच गर्न खर्च धेरै महंगो हुने, धरान बिराटनगर गइरहँदा समय पनि धेरै पर्खिनुपर्ने र मेशिन बिग्रिएको गुनासो आएको हुँदा विशेषज्ञ र सामानहरु मगाएर परीक्षण सुरु गरिएकाे अध्यक्ष पोखरेलले बताए ।

यो चाँही नित्तान्त वडा नं. ६ को कार्यक्रम रहेको समेत दावी गरे ।लगभग ४०० जनाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेता पनि आवश्यकता परेमा त्यो भन्दा बढि पनि हुन सक्ने उनले बताए । सांकेत हेल्थ काठमाडौंसँग समन्वय गरेर उक्त मेशिन इटहरी वडा नं. ६ मा भित्रियाएको हो । उक्त जाँचको एकजना बराबर २७०० फि तिरेर वडा नं. ६ का ४०० जना महिलाहरुलाई सेवा प्रवाह गर्ने उनको लक्ष्य रहेको बताए ।

उक्त निःशुल्क शिविरबाट ४०० जनाले सेवा लिइरहँदा १० लाख भन्दा माथी खर्च हुने जानकारी गराए । अहिले सम्म चालिस पैंतालिस जना महिलाहरुको परीक्षण भइरहँदा दुई तीन जनामा स्तन क्यान्सर भेटिएको छ। स्थानीय महिलाहरुले नयाँ प्रविधिबाट सेवा पाउँदा आफूहरु एकदमै खुसी भएको र अझै पनि यस्तै कार्यक्रमहरु ल्याउनको लागि वडा अध्यक्ष समक्ष आग्रह गर्दै धन्यवाद समेत व्यक्त गरे । उक्त शिविर २४ गते देखि २९ गते सम्म संचालन हुने जनाइएकाे छ ।

Comments

सम्बन्धित खवर