•  १७ बैशाख २०८१, सोमबार
  •  11:55:37 PM

इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु

- बैशाख ३, २०८१ मा प्रकाशित


इटहरी । मलामी आएका ब्यक्तिले चिर्पटले प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको हो ।

सोमबार दिउँसो पौने २ बजे “वृहत मुक्तिघाट क्षेत्र विकाश समिति” मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानिय २७ बर्षिय बिनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इटहरी उप-महानगरपालिका -४ गैरीगाँउबाट मलामी आएका ३७ बर्षिय उमेश तामाङ र धरानका ३० बर्षिय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा घाईते भएका तामाङको उपचारको क्रममा बेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न उमेश तामाङलाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान गरीरहेको छ भने फरार रहेका अनिल तामाङको खोजतलाश भईरहेको इटहरीका डिएसपी टेक बहादुर कार्कीले बताए ।

Comments

सम्बन्धित खवर