•  १७ बैशाख २०८१, सोमबार
  •  11:53:20 PM

सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) पाँचथरकाे तेस्रो जिल्ला अधिवेशन सम्पन्न

- चैत्र २५, २०८० मा प्रकाशित


इटहरी । सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) पाँचथरले तेस्रो जिल्ला अधिवेशन २०८० भव्य रुपमा मनाएको छ । सुवेदीहरुको वंशजको पहिचान कायम राख्न तथा भाइचारा सम्बन्ध कायम गर्ने उद्देश्यले पाँचथरको फिदिममा अधिवेशन आयोजना गरिएको हो ।

सामाजिक उत्तरदायित्वलाई बोध गर्दै छरिएर रहेका सन्तानहरुलाई संस्कार हस्तान्तरण गर्न सुवेदी कल्याण प्रतिष्ठान निरन्तर लागि रहेको कार्यक्रमका अध्यक्ष सुकल्पका केन्द्रीय उपसचिव बावुराम सुवेदीले बताउनभयो ।त्यसैबिच सुवेदी कल्याण प्रतिष्ठानले आफ्ना कुलका चेलीहरुलाई सम्मान पनि गरेको छ ।

यस कुलका बन्धुबान्धवहरुले एकआपसमा प्रेमपूर्ण भेटघाट गर्दै प्रदेश र जिल्ला सुनसरी ,ईलाम ,झापा,ताप्लेजुङ र पाँचथर जिल्लाका सुकल्पका अध्यक्ष,सचिव , तथा अन्य विशिष्ट व्यक्ति हरुको बाक्लो उपस्थिती रहेको थियो ।

Comments

सम्बन्धित खवर