•  १७ बैशाख २०८१, सोमबार
  •  11:56:44 PM

किरात राई यायोक्खा वडा कार्यसमिति इटहरी १ १९ २० को सामुहिक चुला उद्घाटन एवं वार्षिक साधारणसभा सम्पन्न ।

- चैत्र २५, २०८० मा प्रकाशित


–सरिता योन्जन
सुनसरी । किरात राई यायोक्खा वडा कार्यसमिति इटहरी १ १९ २० को १९ औ वार्षिक साधारणसभा एवं सामुहिक तीन चुला सुप्तुलुङ उद्घाटन समारोह सम्पन्न भएको छ ।
शनिबार तरहरा स्थित भुपु सैनिक भवनको सभाहलमा आयोजित कार्यक्रममा किरात राई समुदायको जन्मदेखि मृत्युसम्म गरिने सम्पुर्ण कार्यको लागी सामुहिक चुला सुप्तुलुङको उद्घाटन गरिएको छ । उक्त तीन चुलालाइ मुन्दुमी विधि अनुसार दुई नछुङमाद्वारा उद्घाटन गरिएको छ । किरात राई यायोक्खा वडा कार्यसमिति इटहरी १ १९ २० का अध्यक्ष इन्दिरा यालुङ्मा राइको अध्यक्षता तथा तेज वान्तावा राइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सो वडामा बसोबास गर्ने चार जना किराती नछुङ, धामीहरुलाइ कार्यक्रमका प्रमुख अतिथिले फेटा गुथेर दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरी सम्मान गरिएको हो । किरात राई समुदायको मुन्दुमी कार्यहरुमा आफ्नो महत्त्वपूर्ण योगदान पुर्याउदै आएको कारण उनीहरुलाइ सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि , अध्यक्ष लगाएत मुन्दुमी नछुङमाहरुले तीन चुला सुप्तुलुङमा आगो बालेर सुम्निमा पारुहाङलाई पुजेर कार्यक्रमको विधिवत रूपमा उद्घाटन गरेका थिए । वार्षिक साधारणसभा कार्यक्रम सोही कार्यसमितिका सचिव अनिता राइले सञ्चालन गरेका थिए । त्यस्तै कार्यक्रममा सो वडामा रहेका ८० वर्ष माथिका ३१ जना जेष्ठ नागरिकहरुलाइ समेत सम्मान गरिएको छ । कार्यक्रममा किरात राई यायोक्खा वडा कार्यसमिति इटहरी १ १९ २० को वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको छ । प्रस्तुत गरिएको प्रतिवेदन माथी छलफलका साथै अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा किरात राई यायोक्खा इटहरी नगर कार्यसमितिका सचिव राष्ट्र राई , सरस्वती ठाकुर , अन्जु कार्की लगायतका अतिथि एवं यायोक्खा संवद्द व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

Comments

सम्बन्धित खवर