•  १४ बैशाख २०८१, शुक्रबार
  •  3:45:04 PM

बेङ्लोरले कोलकतालाई हरायो

- चैत्र १७, २०७८ मा प्रकाशित


काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेङ्लोर (आरसिबी) ले कोलकाता नाइड राइडर्स (केकेआर) लाई तीन विकेटले हराएको छ ।

बुधबार कोलकाताले दिएको १२९ रनको लक्ष्य आरसिबीले १९ ओभर २ बलमा सात विकेट गुमाएर पूरा गर्‍याे । आरसिबीका सेरफेन रदरफोर्डले सर्वाधिक २८ रन बनाए । यस्तै, सहबाज अहमेदले २७ र डेविड विलेले १८ रन जोडे ।

केकेआरका टिम साउदीले तीन विकेट लिँदा उमेश यादवले दुई र सुनिल नारिनले एक विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको केकेआरले १८ ओभर ५ बलमा सबै विकेट गुमाउनुअघि १२८ रनको योगफल खडा गरेको थियो ।

केकेआरका आन्द्रे रसेलले २५ रन बनाए । यस्तै, उमेश यादवले १८ रन जोड्दा साम विलिङ १४ रन बनाइ आउट भए ।

केकेआरलाई सस्तैमा समेट्न आरसिबीका वनिन्दु हसरंगाले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका हसरंगाले २० रन खर्चिए । यसबाहेक, आकाश दीपले तीन र हर्शल पटेलले एक विकेट लिए । -न्युज कारखाना

Comments

सम्बन्धित खवर