•  १४ बैशाख २०८१, शुक्रबार
  •  10:27:30 PM

सडक बोर्डमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

- चैत्र १७, २०७८ मा प्रकाशित


काठमाडौं: सरकारले सडक बोर्ड नेपालमा कार्यकारी निर्देशक पद्का लागि दरखास्त आह्वान गरेको छ ।

बोर्डमा चार वर्षे कार्यकालका लागि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढेको हो ।

बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गरी हाइवे इन्जिनियरिङ वा व्यवस्थापनमा स्नाकोत्तर हासिल गरी कम्तिमा १० वर्षे अनुभव रहेका व्यक्तिलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

उम्मेदवारले कार्यकारी निर्देशकको हैसितबाट पुर्‍याउन सक्ने योगदान, कार्यान्वयन गर्ने रणनीति तथा कार्ययोजनासहितको कार्यपत्र पेश गर्नुपर्ने छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर