•  १४ बैशाख २०८१, शुक्रबार
  •  11:29:49 AM

दिक्तेल बहुमुखी क्याम्पसको पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा डा. सुवेदी

- चैत्र १३, २०७८ मा प्रकाशित


खोटाङ: दिक्तेल बहुमुखी क्याम्पसमा अध्धयन गरेका विद्यार्थीले पूर्व विद्यार्थी मञ्च गठन गरेका छन् । २०७६ सालमा तदर्थ समिति गठन गरिए पनि शनिबार सम्पन्न पूर्व विद्यार्थीहरूको भेलाले डा. धनप्रसाद सुबेदीको अध्यक्षतामा पूर्व विद्यार्थी मञ्च गठन गरेकाे हाे । 

२१ सदस्यीय पूर्व विद्यार्थी मञ्चको उपाध्यक्षमा बिमला तिलुङ राई, दानबहादुर राई र राजेन्द्र राई, सचिवमा युवराज रिजाल, सह–सचिवमा प्रभाष उदास र कोषाध्यक्षमा फुर्वा शेर्पा चयन भएका छन् । यस्तै, सपना राई, इरन राई, बम बानियाँ, गोबिन्दराज आचार्य, नारायण ढकाल, काजी बस्नेत, राजकुमार राई, खगेन्द्र राई, धनकुमार तामाङ, दिलकुमार खड्का पुर्वविद्यार्थी मञ्चको सदस्य चुनिएका छन् । बाँकी सदस्य क्रमशः थप हुने दिक्तेल बहुमुखी क्याम्पस प्रमुख हिराकुमार राईले बताए । पुर्व विद्यार्थी मञ्चको तदर्थ समितिको अध्यक्ष पनि डा. सुवेदी नै थिए । -न्यूज कारखाना

Comments

सम्बन्धित खवर