•  १४ बैशाख २०८१, शुक्रबार
  •  8:58:03 AM

मेस्सीले लिगमा दोस्रो गोल गर्दा पीएसजीलाई १३ अंकको अग्रता

- माघ २४, २०७८ मा प्रकाशित


काठमाडौं: अर्जेन्टिनी स्टार लियोनल मेस्सीले लिग वानमा दोस्रो गोल गर्दा पेरिस सेन्ड जर्मेन (पीएसजी) ले १३ अंकको अग्रता बनाएको छ ।  आइतबार राति लिललाई ५-१ ले पराजित गर्दा मेस्सीले गोल गरेका थिए   । पीएसजीको यो सिजनको १७औं जित हो । 

पीएसजीको जितमा डानिलो परेइराले दुई गोल गरे । यस्तै  प्रेस्नेल किमपेम्बे, लियोनल मेस्सी र  केलियन एम्बाप्पे एक एक गोल गरे । 

यता लिलका लागि बाट्म्यानले गोल गरे । जितपछी पीएसजीले २३ खेलबाट ५६ अंक जोडेको छ । समान खेलबाट लिल ३२ अंक सहित ११औं स्थानमा छन।

यता, दोस्रो स्थानमा मार्सेइली समान खेलबाट ४३ अंक सहित दोस्रो स्थानमा छ । -न्युज कारखाना

Comments

सम्बन्धित खवर