•  १५ बैशाख २०८१, शनिबार
  •  1:25:07 PM

घाँस काट्न जाँदा भिरबाट लडेर १८ वर्षीया किशोरीको मृत्यु

- चैत्र १४, २०८० मा प्रकाशित


दाङ । दाङमा घाँस काट्न गएको समयमा भिरबाट लडेर युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलैनिवासी रोबरबहादुर घर्तीकी १८ वर्षीया छोरी करिश्मा घर्तीको मृत्यु भएको हो ।

बुधबार बिहान साढे ८ बजेको समयमा स्यानी खोला जंगलमा साथीहरूसँग घाँस काट्न गएको समयमा घर फर्किने क्रममा उनी अचानक भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक नवचन्द्र मल्लले बताए । उनको शवलाई पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ ।

Comments

सम्बन्धित खवर