•  १५ बैशाख २०८१, शनिबार
  •  3:23:21 PM

झुम्का कारागारका कैदिवन्दिलाई माया घरको कोसेली : सेल रोटी र गुन्द्रुकको अचार

- चैत्र ११, २०८० मा प्रकाशित


इटहरी । सुनसरीको इटहरीस्थित माया घर नेपालका पदाधिकारीहरूले आइतबार होली पर्वको अवसर पारेर झुम्का कारागारका कैदिवन्दिहरूसंग भेटघाट र भलाकुसारी गरेका छन् ।

कारागारमा विभिन्न समयदेखि कैदी जीवन बिताइरहेकाहरूसँग संस्थाका पदाधिकारीहरूले भेटघाट र भलाकुसारी गरेका हुन । भेटघाट सँगै होली पर्वको अवसरमा एक आपस बिच सदभाव र शुभकामना पनि साटासाट गरिएको माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले बताइन ।

कारणवश कारागार बस्नुपर्दा साथीभाइ देखि आफन्त सम्मले हेर्न नआएको कैदिबन्दिहरूले गुनासो गरेका थिए । हाल झुम्का कारागारमा १६ सय भन्दा बढी कैदिवन्दिरहरू रहँदै आएका छन् । कैदिवन्दिहरूलाइ माया घर नेपालका पदाधिकारीहरूले सेलराेटी र गुन्द्रुक साधेको अचार चखाएका थिए ।

कार्यक्रमपछि कैदिवन्दिहरूले त्यस स्थानबाट निस्किएपछि सामाजिक क्षेत्रमा कृियाशिल भएर अघि बढ्ने बताएका थिए । कार्यक्रममा कारागार प्रशासनका निमित्त प्रमुख कृष्ण सुवेदी ,राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश प्रमुख पवन भट्ट लगायतले होली पर्वको शुभकामना दिएका थिए ।

Comments

सम्बन्धित खवर