•  १५ बैशाख २०८१, शनिबार
  •  3:57:33 PM

त्रिकोणात्मक टी–२० श्रृंखला उपाधिका लागि आज नेपाल र यूएई भिड्दै

- कार्तिक १०, २०८० मा प्रकाशित


काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० श्रृंखलाको उपाधिका लागि आज (शुक्रबार) नेपाल र यूएई भिड्दै छन् । नेपाल र यूएईबीचको खेल आज बिहान ११ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । यसअघिका लिग चरणका खेलहरु मुलपानी क्रिकेट मैदानमा खेलाइएको थियो ।

घरेलु टोली नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल खेल्न लागेको हो । नेपालले समूह चरण ४ वटै खेल जितेर फाइनलमा पुगेको हो । नेपालले लिग चरणमा यूएईलाई ७ र ५ विकेट तथा हङकङलाई ६ विकेट र ७९ रनले हराएको थियो ।

यूएईले भने लिग चरणको एक खेल मात्र जितेको थियो । हङकङसँग फराकिलो हारका बाबजुद रनरेटका आधारमा यूएईले फाइनलमा स्थान बनाएको हो । नेपाल यूएईविरुद्धको अपराजित यात्रा कायमै राख्दै घरेलु मैदानमा उपाधि आफ्नो पक्षमा पार्ने रणनीतिमा छ । हालसम्म नेपाल र यूएईले एकअर्काविरुद्ध ७ खेल खेलेका छन् । जसमा नेपालले ४ र यूएईले ३ खेल जितेको छ ।

Comments

सम्बन्धित खवर