•  १५ बैशाख २०८१, शनिबार
  •  12:15:05 PM

क्रिकेटका अबका प्रतियोगिताहरु नखेल्ने सन्दीप लामिछानेको घोषणा

- आश्विन २६, २०८० मा प्रकाशित


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृखला नखेल्ने घोषणा गरेका छन् । आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको उनले जानकारी गराएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ । आफू कठिन परिस्थितिबाट गुज्रिरहेको खेलमा सहभागी हुन नसक्ने सन्दीपले जानकारी दिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समस्याहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ । परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु । मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु । अर्को भेट नभएसम्म सबैलाई धन्यवाद ।

Comments

सम्बन्धित खवर