•  १५ बैशाख २०८१, शनिबार
  •  3:16:56 PM

स्व.सुवासचन्द्र नेम्वाङ स्मृति इटहरी उपमहानगर स्तरीय फुटबल प्रतियोगिता आज बाट सुरु

- आश्विन १९, २०८० मा प्रकाशित


इटहरी । स्व सुवासचन्द्र नेम्वाङ ज्युको स्मृतिमा राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगर कमिटी ले आज बाट फुटबल प्रतियोगिता सुरु गरेको छ। प्रतियोगिता आज १९ र भोली २०गते दुई दिनको रहने छ । कार्यक्रम इटहरी ५ पचरुखी,पाथीभरा फुटसल काव्य बाटिकामा भइरहेको छ।

यस प्रतियोगितामा सहभागी भएका हरु मध्ये प्रथम स्थान हासिल गर्ने टोलीलाई प्रथम पुरस्कार रु ५१,००० हजार साथमा सिल ,प्रमाणपत्र र मेडल दिइनेछ भने,दोस्रो स्थान हासिल गर्ने टिमलाई दितिय पुरस्कार स्वरुप रु ३१,००० हजार साथमा सिल,प्रमाणपत्र र मेडल प्रदान गर्ने भएको छ ।

Comments

सम्बन्धित खवर