•  १५ बैशाख २०८१, शनिबार
  •  3:17:00 PM

१९ औं एशियाली खेलकुद : भारतले नेपाललाई दियो २०३ रनको चुनौतिपूर्ण लक्ष्य

- आश्विन १६, २०८० मा प्रकाशित


काठमाडौं । १९ औं एशियाली खेलकुदको पुरुष क्रिकेटअन्तर्गत क्वार्टर फाइनल खेलमा भारतविरुद्ध नेपालले जितका लागि २०३ रनको चुनौतिपूर्ण लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२ रन बनाएको हो । भारतका लागि ओपनर यशस्वी जैसवालले शानदार ब्याटिङ गरे ।

उनले मात्र ४८ रनमा शतक प्रहार गरे । योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा शतक हिर्काउने भारतीय खेलाडी बनेका छन् । नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक–एक विकेट लिए ।

Comments

सम्बन्धित खवर