•  १५ बैशाख २०८१, शनिबार
  •  5:12:03 PM

पूर्वराजा ज्ञानेन्द्र शाहले दिए बधाई विश्व कीर्तिमान बनाउने नेपाली क्रिकेट टोलीलाई

- आश्विन १३, २०८० मा प्रकाशित


काठमाडौं । नेपालले टी–२० आई क्रिकेटमा विश्व कीर्तिमान बनाएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले बधाई दिएका छन् । उनको संवाद सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै नेपाली टिमलाई बधाई दिएको छ । गत बुधबार एसियाली खेलकुदअनर्गत भएको खेलमा नेपालले पाँचवटा विश्व कीर्तिमान कायम गरेको थियो ।

उच्च टिम स्कोर ३१४, सबैभन्दा छिटो शतक (कुशल मल्ल ३४ बलमा), सबैभन्दा छिटो अर्धशतक (दीपेन्द्रसिंह ऐरी ९ बलमा), सबैभन्दा ठूलो जित (२७३) र एक इनिङमा सबैभन्दा धेरै छक्का (२६) को विश्व कीर्तिमान बनाएको थियो । प्रतिकूल अवस्था हुँदा पनि नेपाली क्रिकेटरले विश्व कीर्तिमान राखेको भन्दै पूर्वराजाले खेलाडीको प्रशंसा गरेका छन् ।092157704384374853 3237202883248792 9028806134584531828 n

Comments

सम्बन्धित खवर