•  १५ बैशाख २०८१, शनिबार
  •  7:23:14 AM

पेस्तोलसहित दुई जना पक्राउ

- जेष्ठ ८, २०८० मा प्रकाशित


धरान । सुनसरीको धरानमा अत्याधुनिक हतियारको कारोबार गर्ने थप दुई जनालाई धरान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अत्याधुनिक यूएसए लेखिएको एक थान पेस्तोल र म्याग्जिन बरामद गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूहका प्रहरी नायव निरीक्षक रुद्र खड्का र इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लको संयुक्त टोलीले धरान १० का ३५ वर्षीय राजेश लिम्बु र धरान ५ का कुमार भण्डारीलाई पक्राउ गरेको हो । उनीहरुले धरान –८ को जनता ग्यारेजमा अत्याधुनिक पेस्तोल लुकाई राखेको भन्ने विशेष सुराकीको आधारमा छापा मार्दा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको डीएसपी मल्लले बताएका छन् ।

प्रहरीले केहि दिन अगाडि पनि धरान १७ का हुकमेन जिमी, दिपक जिमी र रोहित राईलाई दुईथान दुईथान पेस्तोलसहित पक्राउ गरेको थियो । हतियारसहित पक्राउ परेका पाँचै जनालाई हातहतियार खरखजना सम्बन्धि कसुरअन्तर्गत जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप गरी घटनाको अनुसन्धान थालिएको बताए । नेपाल–भारत खुल्ला सीमानाको मौका छापी हतियार कारोबारीहरुले अत्याधुनिक हतियार धरानसम्म ल्याएर बिक्री गर्ने गरेको प्रहरीले बताएको छ ।

Comments

सम्बन्धित खवर