•  १४ बैशाख २०८१, शुक्रबार
  •  1:18:37 PM

उवासंघ इटहरीकाे बृहत रक्तदान कार्यक्रममा २२८ प्रिन्ट रगत संकलन

- जेष्ठ ३, २०८० मा प्रकाशित


इटहरी । असपतालका ब्लडबैंकहरूमा रगत अभाव देखिन थालेपछि हाल बिभिन्न शहरहरूमा आपतकालिन रक्तदान कार्यक्रमहरू हुन थालेका छन । यसै सन्दर्भमा इटहरी उद्योग वाणिज्य संघले पनि बुधबार बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमबाट २२८ प्रिन्ट रगत संकलन भएको संघले जनाएको छ ।

कार्यक्रममा इटहरी उपमहानगरका उद्योगी , व्यवसायी , सुरक्षा निकायका अधिकारी , नागरिक समाज , बुद्धिजिवी , शिक्षक , कर्मचारी लगायत उद्योग वाणिज्य संघका पदाधिकारीले ब्यापक रूपमा सहभागी जनाइ रक्तदान गरेका थिए । गर्मी बढेसंगै पूर्वी तराइका जिललाहरूमा रहेका अस्पतालको ब्लड बैंक रितिएको र बिरामिहरूले आवस्यकिय रगत नपाएको ब्यापक गुनासो बढेपछि उवासंघ तत्काल रगत अभाव टार्न रक्तदान कार्यक्रम गरेको संघका अध्यक्ष तथा कार्यक्रम सभापती जिवन पराजुलिले बताए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले आपतकालिन अवस्थामा आयोजित रक्तदान कार्यक्रमले अस्पतालमा रगत नपाएर छटपटिएका बिरामीहरूलाइ नयाँ जिवन प्रदान गर्ने उल्लेख गरेका थिए । कार्यक्रमका बिशेष अतिथी इटहरी उपमहानगरका कार्यवाहक अध्यक्ष दिवश पोख्रेलले सामाजिक काममा सकृिय देखिउको उवासंघले यो समयमा गरेको रक्तदान कार्यक्रम साच्चै उदाहरणिय रहेको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी वल वराहवाहिनी पकलीका प्रहरी नायव महानिरिक्षक अञ्जनी कुमार पोख्रेल , इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी माधव काफ्ले , नेपाल रेडक्रस सोसाइटी उपशाखा इटहरिका अध्यक्ष दिनेस भट्टराइ , नागरिक समाज इटहरीकि अध्यक्ष बालिका खडका भट्टराइ लगायत अन्य बिशिस्ट ब्याक्तीहरूको उपस्थिती रहेको थियो । रक्तदान कार्यक्रमलाइ इटहरी षेत्रमा रहेका २ दर्जन बढी सामाजसक संस्थाहरूले सहयोगीको भुमिका निर्वाह गरेका थिए । 

Comments

सम्बन्धित खवर