उदयपुर सिमेन्ट उद्योगको बिद्युत सेवा काटियाे : ३६ करोड असुल्न बाकी
- जेष्ठ १, २०८० मा प्रकाशित
उदयपुर । नेपाल विद्युत् प्राधिकरणले सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको लाइन काटिदिएको छ । प्राधिकरणको उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार ३६ करोड बक्यौता नतिरेपछि आइतबार उद्योगको लाइन काटिदिएको हो ।
‘विभिन्न समयको करिब ३६ करोड बक्यौता थियो । रकम भुक्तानी गर्न साताअघि नै पत्र पठाएका थियौं । समयमै भुक्तानी नगर्दा आइतबारदेखि लाइन काटेका छौ,’ उनले भने । २०७६ सालदेखिकै बक्यौता राखेको उद्योगले पछिल्ला चार महिनामा भुक्तानी नै बन्द गरेको भन्दै गत पुसमा पनि पत्र काटेको थियो ।
तत्काल भुक्तानी नगरे प्राधिकरणले लाइन काट्ने चेतावनी दिएको थियो । मिटर रिडिङ गरेको ६०औं दिनसम्म महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा लाइन काटिने पत्र पठाइएको थियो । त्यसपश्चात सिमेन्ट उद्योगले करिब ६ अर्ब भुत्तानी गरेको थियो । पछिल्लो समय पनि भुक्तानी रोकेपछि साताअघि फेरि पत्र काटेको थियो । ‘त्यसबेला बक्यौता रकम ४२ करोड थियो । बक्यौता रकम केही घटाए पनि ३६ करोड बाँकी भएकाले काट्ने निर्णय गरेका छौं,’ प्रमुख खत्रीले भने ।
सम्बन्धित खवर
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
-
ताजा चैत्र २८, २०८०इटहरीका विरबहादुर : खानेपानी निर्वाचनमा विजयी बने : बधाई थाप्न नपाइ अस्ताए
Comments