•  १५ बैशाख २०८१, शनिबार
  •  6:19:07 AM

तीन नेपालीसहित ६ जना सगरमाथाको चुचुरोमा

- बैशाख ३१, २०८० मा प्रकाशित


सोलुखुम्बु । तीन नेपालीसहित ६ जनाले सगरमाथाको आरोहण गरेका छन् । आज बिहान पौने ९ बजे तीन नेपाली र तीन विदेशी गरी ६ जना आरोहीले सगरमाथाको आरोहण गरेका हुन् । पहिलो आरोहणबाट नेपाली आरोही पासाङदावाले २६ औं पटक सगरमाथा चढेर कीर्तिमान राखेका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ पाङबोचेका पासाङदावा शेर्पाले २६ औं पटक सगरमाथाको शिखर चुमेका हुन् । त्यस्तै आज सफल आरोहण गर्नेमा खुम्बु पासाङल्हामु–५ थामेका पासाङतेम्बा शेर्पा र त्यही गाउँका आङङिमा शेर्पा रहेका सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।

यस्तै पहिलो आरोहणबाटै पाकिस्तानी नागरिक माइली तानी, अमेरिकन महिला आरोही जेसिका र हङ्गेरीका मटन टि सेर्सले पनि सगरमाथाको आरोहण गरेका छन् । यो वसन्त ऋतुको पहिलो सफल आरोहण हो । वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण हिजोदेखि सुरु भएको थियो ।

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । अहिले आधार शिविरभन्दा माथि सयौँको संख्यामा आरोहीहरु चुचुरोतर्फ लागेका छन् । आरोहणको ७० वर्षे इतिहासमा पहिलो पटक सगरमाथामा धेरै आरोहीले आरोहण अनुमति लिएका छन् । आज साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने कार्यकारी निर्देशक शेर्पाले जानकारी दिए ।

वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिबारबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । रोप फिक्सिङपछि पहिलो औपचारिक आरोहण सुरु भएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीले जनाएको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन् ।

Comments

सम्बन्धित खवर