
ट्रफीसहित सुतेर क्रिकेटरको ‘सेलिब्रेसन’
- बैशाख २०, २०८० मा प्रकाशित

काठमाडाैं । नेपाली टोलीले यूएईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपको उपाधि जितेको छ।यो जितसँगै आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पुगेको छ।त्रिवि क्रिकेट स्टेडियम कीर्तिपुरमा उल्लासमय सेलिब्रेसनपछि नेपाली क्रिकेटरहरु ट्रफीसहित होटल पुगिसकेका छन्।
जहाँ नेपाली कप्तान रोहित पौडेलसहितका क्रिकेटरले एसीसी प्रिमियर कपको ट्रफीसहित सुतेर सेलिब्रेसन गरिरहेका छन्। होटलको बेडमा ट्रफीसहित सुतेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेर उनीहरुले आफ्नो खुसी समर्थकहरुसँग साझा गरेका छन्। यसरी ट्रफीसहित सुतेर कप्तान रोहित पौडेलले सबैभन्दा पहिले सेलिब्रेसन गरेको तस्बिर सार्वजनिक गरे।
त्यसपछि करण केसी र सोमपाल कामीले पनि ट्रफीसहित सुतेको फोटो सामाजिक सञ्जालमा साझा गरेर खुसी प्रकट गरेका छन्। गत वर्ष कतारमा भएको विश्वकपपछि अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले यस्तै किसिमको सेलिब्रेसन गरेका थिए।उनले विश्वकप फुटबलको उपाधि जितेपछि प्राप्त सुनौलो रंगको ट्रफीलाई बेडमा सँगै राखेर सुतेको तस्बिर विश्वभर भाइरल भएको थियो।

सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ १३, २०८०पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’
-
लोकप्रिय जेष्ठ १३, २०८०देशका धेरै स्थानमा बर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने
-
लोकप्रिय जेष्ठ १३, २०८०दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा
-
लोकप्रिय जेष्ठ १३, २०८०प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
-
लोकप्रिय जेष्ठ १३, २०८०विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा
-
ताजा जेष्ठ १४, २०८०विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारी पक्राउ
-
ताजा जेष्ठ १४, २०८०तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण, तल्लो अरुणमा भारतीयसँग निर्माण सम्झौता तयारी
-
ताजा जेष्ठ १४, २०८०कोशी : भित्र प्रदेशसभा बैठक, बाहिर पहिचानवादीको आन्दोलन, दर्जनौँ घाइते
-
ताजा जेष्ठ १४, २०८०उपेन्द्र यादवसहित गौर हत्याकाण्डका अभियुक्तविरुद्ध आज सर्वोच्चमा मुद्दा हालिँदै
-
ताजा जेष्ठ १४, २०८०थानाभर्याङको सबस्टेसन निर्माण सुस्त, काम नसुधारे ठेक्का तोड्ने कुलमानको चेतावनी
Comments