•  १४ बैशाख २०८१, शुक्रबार
  •  4:48:10 AM

चट्याङ लागेर महिलाको मृत्यु

- बैशाख १७, २०८० मा प्रकाशित


सांकेतिक तस्वीर

ओखलढुङ्गा । हिजो (शनिबार) अपराह्न वर्षातसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ ।

घरभित्रै बसिरहेका बेला उनलाई चट्याङ लागेको थियो । बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज (आइतबार) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ । जिल्लामा बर्सेनी चट्याङका कारण जनधनको क्षति हुने गरेको छ ।

Comments

सम्बन्धित खवर