•  १४ बैशाख २०८१, शुक्रबार
  •  10:43:54 PM

पथरीमा पार्टीको कार्यक्रममा सरकारी पोशाकमै शिक्षक सहभागी भएपछि बिवाद

- चैत्र २२, २०७९ मा प्रकाशित


पथरीशनिश्चरे  । जनप्रतिनिधिले सरकारी गाडी दुरुपयोग गरेर आफु निकट दलको कार्यक्रममा सहभागी भएको भन्दै विरोध भैरहदा एमालेले संचालन गरेको ग्रासरुट कार्यक्रममा शिक्षकहरु समेत बिद्यालय समयमा पोशाकमै सहभागी हुन थालेका हुन् ।

यस्तो दृश्टान्त उतरी मोरङको लेटाङ नगरपालिका वडा नं. ६ मा रहेको पब्लिक प्राविका प्रधानाध्यापक हरिप्रसाद धिमाल एमालेले सन्चालन गरेको ग्रासरुट कार्यक्रममा बिध्यालयको समयमै सहभागी भएपछि भेटिएको हो।

उनी जस्तै शान्ति भगवती माविका शिक्षक गोपाल बाराकोटी पनि सोहि कार्यक्रममा सहभागी भईरहेका थिए । राजनैतिक पार्टीको कार्यक्रममा कतै प्रशिक्षक त कतै सहभागीका रुपमा शिक्षकको सहभागिताले जनस्तरमा प्रश्न उठ्न थालेको छ ।

कुनै एक दलको राजनितिक क्रार्यक्रममा शिक्षकले सरकारी पोशाकमा सहभागिता जनाईरहदा सम्बन्धित निकाय भने रमिते बनिरहेको छ । यस बिषयमा शिक्षा शाखा लेटाङका प्रमुखलाई सोध्दा शिक्षक त्यसरी राजनितिक कार्यक्रममा जान नसक्ने बताउनुभयो । त्यसो त शिक्षकले सहकारीमा समेत पद लिन मिल्दैन तर शिक्षक गोपाल बाराकोटीलाई लेटाङ नगरपालिकाले सहकारी महासंघको अध्यक्ष नै बनाएको छ।

Comments

सम्बन्धित खवर