
कोशी प्रदेश :माओवादीले तत्काल सरकार नछाड्ने
- चैत्र १०, २०७९ मा प्रकाशित

इटहरी । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा तत्काल सरकार नछाडने भएको छ । सत्ता गठबन्धन भित्र भागवण्डाको मोडालिटी तयार नभएसम्म हिक्मतकुमार कार्की नेतृत्वको सरकार नछाड्ने भएको हो ।
हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री छन् । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकार पनि नछाड्ने बताए । गठबन्धन भित्र सत्तासमिकरणको मोडालिटी तयार गरेपछि मात्रै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा छलफल हुने उनले बताए ।
‘प्रदेश सरकारका विषयमा माथि (केन्द्रमा) छलफल भएको छैन,’उनले भने,‘ हाम्रो प्रदेशको अवस्था विशिष्ट छ, अहिले नै समर्थन फिर्ता लिने बारे सोचेका छैनौं ।’ ९३ सदस्यीय प्रदेशसभामा दुवै पक्षसँग स्पष्ट बहुमत छैन । नेकपा एमाले र राप्रपा एक ठाउँमा छन् । दुई दलको सिट संख्या ४६ छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी र जसपा रहेको चार दलिय गठबन्धनमा पनि सिट संख्या ४६ (सभामुख बाहेक) नै छ । माओवादी केन्द्रका नेता आङ्बोले केन्द्रबाट पनि सरकारका बारेमा निर्देशन नआएको बताए । नेतृत्वले भाग भागवण्डा गर्दा प्रदेशको अवस्थालाई बुझेर गर्नुपर्ने उनको भनाई छ ।
माओवादी केन्द्रले सरकार छाड्न नमानिरहेको बेला नेपाली कांग्रेस दलका नेता उद्धव थापा भने प्रदेश मध्यवधीमा जाने खतरा रहेको बताउँछन् । दुवै तर्फ बराबर (सभामुख बाहेक) मत रहेको बताउँदै उनले मध्यवधी निर्वाचनको जोखिम पनि रहेको बताए । मध्यवतीको जोखिम रोक्न दलहरु मिलेर जानुको विकल्प नरहेको उनले बताए ।

सम्बन्धित खवर
-
लोकप्रिय जेष्ठ १३, २०८०पाँच वर्षपछि प्रदर्शन हुँदै ‘नीरफूल’
-
लोकप्रिय जेष्ठ १३, २०८०देशका धेरै स्थानमा बर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने
-
लोकप्रिय जेष्ठ १३, २०८०दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा
-
लोकप्रिय जेष्ठ १३, २०८०प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
-
लोकप्रिय जेष्ठ १३, २०८०विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा
-
ताजा जेष्ठ १४, २०८०विराटनगरमा निषेधित क्षेत्र तोड्ने ४५ बढी प्रदर्शनकारी पक्राउ
-
ताजा जेष्ठ १४, २०८०तमोरमा चिनियाँ कम्पनीलाई स्पष्टीकरण, तल्लो अरुणमा भारतीयसँग निर्माण सम्झौता तयारी
-
ताजा जेष्ठ १४, २०८०कोशी : भित्र प्रदेशसभा बैठक, बाहिर पहिचानवादीको आन्दोलन, दर्जनौँ घाइते
-
ताजा जेष्ठ १४, २०८०उपेन्द्र यादवसहित गौर हत्याकाण्डका अभियुक्तविरुद्ध आज सर्वोच्चमा मुद्दा हालिँदै
-
ताजा जेष्ठ १४, २०८०थानाभर्याङको सबस्टेसन निर्माण सुस्त, काम नसुधारे ठेक्का तोड्ने कुलमानको चेतावनी
Comments