•  १५ बैशाख २०८१, शनिबार
  •  5:58:35 AM

मोरङको रमाइलो बहुमुखी क्याम्पसमा अनेरास्ववियु निर्वाचित

- चैत्र ६, २०७९ मा प्रकाशित


विराटनगर । मोरङको कानेपोखरीस्थित रमाइलो बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुले खाता खोलेको छ ।
भर्खरै सम्पन्न मत गणना अनुसार अनेरास्ववियुकी मालती रेग्मीको प्यानल विजयी हुँदै मोरङमा अनेरास्ववियुले खाता खोल्न सफल भएको हो ।

नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीको गठबन्धनलाई हराउँदै रेग्मीको प्यानल विजयी भएको हो । सचिवमा खगेन्द्र लुइँटेल र कोषाध्यक्षमा निर्मला दंगाल विजयी भएका छन् । त्यस्तै सदस्यहरूमा अनेरास्ववियुका सुजता गिरी, लीलामणि श्रेष्ठ र सुजता धिमाल विजयी बनेका छन् ।

समानुपातिकमा अनेरास्ववियुबाट ३ जना र गठबन्धनबाट नेविसंघका २ जना निर्वाचित भएको निर्वाचन समितिका संयोजक गंगा यादवले बताए । कुल १९६विद्यार्थी रहेकोमा मा १६२ मत खसेको थियो ।

Comments

सम्बन्धित खवर