
झापामा बन डढेलो नियन्त्रण गर्न सचेतनामुलक कार्यक्रम शुरु
- चैत्र २, २०७९ मा प्रकाशित

झापा । वनमा डढेलो नियन्त्रण , जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित आजबाट बन डढेलो नियन्त्रण सप्ताह शुरु भएको छ ।
डिभिजन वन कार्यालय झापाको आयोजना र मेची शव डिभिजन वन कार्यालय धाइजनको संयोजनमा बन डढेलो नियन्त्रण सप्ताह शुरु भएको हो । अभियानको उद्घाटन डिभिजन बन कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जीवन प्रसाद पाठकले गर्नुभयो ।
डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौं, बन्यजन्तुको प्राकृतिक वासस्थानको संरक्षण गरौ, बन क्षेत्रमा आगो लगाउनु दण्डनीय अपराध हो जस्ता प्ले कार्डसहित मेचीनगरस्थित प्रगति सामुदायिक बनबाट शुरु गरिएको सचेतना ¥याली चारआली बजार परिक्रमा गर्दै सभामा परिणत भएको थियो । सभामा डिभजन बन कार्यालयका प्रमुख पाठक, मेची शव डिभिजन वन कार्यालय धाइजनका फरेष्टर डिल्लीराम खरेल , चारआली जेसीजका अध्यक्ष संगीत शिवाकोटी, लायन्सका अध्यक्ष मोहन अधिकारी लगायतले बन क्षेत्रमा हुने डढेलोले पु¥याउने क्षतिका विषयमा बोल्नु भएको थियो ।
साताव्यापी सञ्चालन हुने अभियाको दोस्रो दिन कनकाई सव डिभिजन बन कार्यालय सुरुङ्गामा नियन्त्रित डढेलो लगाउने अभियान सञ्चालन गरिने त्यस्तै ३ गते जलथलस्थित चौकी विरान सामुदायिक वनमा ‘वन क्षेत्रमा हुने ज्वलनशील पदार्थबाट कम्पोष्ट मल बनाउने अभ्यास’ सञ्चालन गरिने छ ।
त्यस्तै गते सुरक्षा निकायबीच वन डढेलो नियन्त्रणम तथा व्यवस्थापन सम्वन्धि अन्तरक्रिय छलफल गरिने , डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्वन्धि तालिम र चैत सात गते अभियानको समापन गरिने डिभिजन वन कार्यालय झापाकी अधिकृत अञ्जना पुरीले जानकारी दिनुभयो । झापामा रहेका सामुदायिक वन क्षेत्रमा डढेलो नियन्त्रण सम्वन्धि विभिन्न खाले कार्यक्रमको आयोजना गर्दै अभियान सफल बनाइने मेची शव डिभिजन वन कार्यालय धाइजनका फरेष्टर डिल्लीराम खरेल ले बताउनुभयो ।

सम्बन्धित खवर
-
लोकप्रिय चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
लोकप्रिय चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
लोकप्रिय चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
लोकप्रिय चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
लोकप्रिय चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
-
ताजा चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
ताजा चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
ताजा चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
ताजा चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
ताजा चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
Comments