
मुख्यमन्त्री छड्केमा निस्किँदा अस्पतालमा भेटिएनन् निर्देशक : तत्काल पदमुक्त गर्न निर्देशन
- चैत्र १, २०७९ मा प्रकाशित

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. प्रमोद कुमार यादवलाई पदमुक्त गर्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री यादवले प्रतिष्ठानका सहकुलपति समेत रहेकी सामाजिक विकासमन्त्री सुरिताकुमारी साहलाई डा. यादवलाई अस्पतालको निर्देशकबाट हटाउन मौखिक निर्देशन दिएका हुन्।मुख्यमन्त्री यादवले सोमबार अस्पतालको छड्के अनुगमन गर्दा निर्देशकसहित अधिकांश चिकित्सक अनुपस्थित थिए।
त्यसपछि मंगलबार मुख्यमन्त्रीले आफूलाई यस्तो निर्देशन दिएको सामाजिक विकासमन्त्री साहले बताइन्।मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको ल्यावका प्रमुख परमेश्वर यादवलाई पनि गलत रिपोर्ट बनाउने कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको उनले जानकारी दिइन्।
प्रादेशिक अस्पतालको ल्यावबाट एउटै व्यक्तिको ब्लड ग्रुपको फरक फरक रिपोर्ट दिइएको विषय बाहिरिएपछि मुख्यमन्त्री यादवले अस्पतालको छड्के अनुगमनका लागि पुगेका थिए। मुख्यमन्त्री यादवले उपराष्ट्रपति निर्वाचनका कारण आचारसंहिता लागू भइसकेको अवस्थामा निर्वाचनपछि डा. यादवलाई पदमुक्त गर्न मन्त्री साहलाई निर्देशन दिए।

सम्बन्धित खवर
-
लोकप्रिय चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
लोकप्रिय चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
लोकप्रिय चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
लोकप्रिय चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
लोकप्रिय चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
-
ताजा चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
ताजा चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
ताजा चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
ताजा चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
ताजा चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
Comments