
नमुना कलेजमा मिस्टर एण्ड मिसेस फ्रेसर्स कार्यक्रम
- फाल्गुन १२, २०७९ मा प्रकाशित

इटहरी । सुनसरीकाे इटहरीस्थित नमुना कलेजले मिस्टर एण्ड मिसेस फ्रेसर्स तथा नयाँ बिद्यार्थीहरूलाइ स्वागत कार्यक्रम सम्पन्न गरेकाे छ । कलेजले अायाेजना गरेकाे मिस्टर फ्रसर्स तर्फ रुपक श्रेष्ठ,तुसार ढकाल र सन्देश गुरुङ क्रमश प्रथम,द्धितीय र तृतिय भएका थिए भने मिस फ्रेसर्स तर्फ इछिका कडेरीया,वर्ष श्रेष्ठ र भावना खड्का क्रमश प्रथक दृतिय र तृतिय हुन सफल भएका थिए ।
विजेताहरुले क्रमश नगद रु १० हजार,५ हजार र २ हजार ५ सय रुपैयाँ साथै प्रमाणपत्र प्राप्त गरेका थिए । यस्तै अन्य विधामा बेष्ट स्माइलतर्फ भावना घिमिरे,मस्ट ट्यालेन्टतर्फ नेहा माझी,पब्लिक च्वोइसतर्फ एलिशा खरेल र बेस्ट कपल वाल्कतर्फ सिखा पाठक र प्रकाश चौहान चयन भएका छन । कार्यक्रममा मोडल तथा कलाकार दिनेश कोइराला र रंगकर्मी मौषमी कार्की,मेरिना लिम्बु निर्णयक भुमीकामा थिए ।
इटहरी नमुना कलेजले विगत केही वर्षदेखी विद्यार्थीका प्रतिभा प्रस्फुटनका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । कलेजका अध्यक्ष केशव खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिस्टर एण्ड मिस फेसर्सको आयोजना सँगै कलेजले प्रथम वर्ष तथा प्रथम सेमेस्टरका विद्यार्थीहरुलाइ स्वागत गरेको हो । आयोजीत कार्यक्रममा बि एच एम,बी सी ए,बी एस डब्लु र बी बी एसका विद्यार्थीहरुले नयाँ आगन्तुक विद्यार्थीहरुलाइ स्वागत गरेका थिए ।

सम्बन्धित खवर
-
लोकप्रिय चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
लोकप्रिय चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
लोकप्रिय चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
लोकप्रिय चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
लोकप्रिय चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
-
ताजा चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
ताजा चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
ताजा चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
ताजा चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
ताजा चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
Comments