
पारिजातका कवितावारे विचारगोष्ठी सम्पन्न
- फाल्गुन ९, २०७९ मा प्रकाशित

कैलाली । पारिजात स्मृति केन्द्र र नेपाल वाङ्मय परिषद्ले धनगढीको जनपुस्तकालयमा आइतवार ‘वर्ग पक्षधरताको कोणबाट पारिजातका कविता’ विषयक् विचारगोष्ठी आयोजना गरेको छ ।
समारोहमा समालोचक तेजविलास अधिकारीले वर्ग पक्षधरताका कोणबाट पारिजातका कविता शीर्षकमा विचारपत्र प्रस्तुत गरे । उनले पारिजातका पछिल्ला कवितामा वर्ग पक्षधरता सघन रुपमा पाइने धारणा राखे । विचारपत्रमाथि समालोचक डा इन्द्रबहादुर भण्डारीले टिप्पणी गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पारिजात स्मृति केन्द्रका अध्यक्ष डा राजेन्द्रप्रसाद अधिकारीले पारिजात नेपाली साहित्यमा सर्वाधिक पढिने र अनुसन्धान गरिने स्रष्टा भएको विचार राखे ।
कार्यक्रममा भाषा आयोगका सदस्य मातृका पोखरेल, पारिजात स्मृृति केन्द्रका कोषाध्यक्ष देविका तिमिल्सिना, परिषदका सल्लाहकार श्रेष्ठ प्रिया पत्थर, सुदूरपश्चिमाञ्चल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टिएन जोशी लगायतले पारिजातको लेखनबारे आआफ्ना विचार व्यक्त गरेका थिए ।
कार्यक्रममामा खेम बतास, लक्ष्मीप्रसाद पौडेल, सिर्जन श्री, सागर कुश्मी, नरेन्द्र गिरी, फाल्गुना दाहाल, सुनिल बुढा, रमेश पन्त मितबन्धु, हेमबाबु लेखक, सागर कुश्मी, कोपिला शर्मा, हर्क बोहरा, अञ्जना श्रेष्ठ, बाबुराम आचार्य, श्रेष्ठ प्रिया पत्थर लगायतले रचना वाचन गरेका थिए । कार्यक्रम नेपाल वाङ्मय परिषद, धनगढीका अध्यक्ष डा पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
लोकप्रिय चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
लोकप्रिय चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
लोकप्रिय चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
लोकप्रिय चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
-
ताजा चैत्र ११, २०७९रक्सी खाएर बिद्यालय प्रवेस गर्ने शिक्षकलाइ तह लगाउन खाेटाङमा राखियाे प्रविधियुक्त उपकरण
-
ताजा चैत्र ११, २०७९एक पटक पुग्नै पर्ने ताप्लेजुङकाे पाथीभरा धाम
-
ताजा चैत्र ११, २०७९भाेजपुरमा आर्थिक अभाव चर्किदा जिल्ला अस्पतालकाे आइसियु सञ्चालन भएन
-
ताजा चैत्र ११, २०७९झापाबाट हतकडीसहित थुनुवा फरार
-
ताजा चैत्र १०, २०७९झापा पुगेर एमाले अध्यक्ष ओलीले भने – एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ अभियान
Comments