•  १४ बैशाख २०८१, शुक्रबार
  •  11:37:29 PM

इटहरीका शिक्षाविद लेखनाथ घिमिरेलाई माघ २७ गते भब्य नागरिक अभिनन्दन गरिने

- माघ २५, २०७९ मा प्रकाशित


इटहरी । सुनसरीकाे इटहरीलाइ कर्मथलाे बनाएर लामाे समयदेखि शैक्षिक तथा सामाजिक क्षेत्रमा बिशेष याेग्दान पुर्याउदै आउनुभएका शिक्षाविद तथा साहित्यकार लेखनाथ घिमीरेलाइ आगामी माघ २७ गते भब्य नागरिक अभिनन्दन गरिने भएकाे छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आयाेजक कमिटिले घिमीरेकाे अभिनन्दन कार्यक्रम तयारी अन्तिम चरणमा पुगेकाे बताएकाे छ । शिक्षाबिद घिमिरेलाइ ७ठ वर्षकाे उमेरमा भब्य नागरिक अभिनन्दन गर्न लागिएकाे हाे ।

नागरिक अभिनन्दनकै तयारीका क्रममा लेखनाथ घिमिरेका बारेमा अभिनन्दन ग्रन्थ पनि प्रकाशन भइसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ । ५ सय ७२ पृष्ठको सो अभिनन्दन ग्रन्थमा एक सय २७ लेखकका लेखसहित विविध सामग्री रहेकाे लेखनाथ घिमिरे अभिनन्दन मुल समाराेह समितिका संयाेजक अनील पाैडेलले बताउनुभयाे ।

अभिनन्दनका क्रममा श्री लेखनाथ घिमिरेकै उचाइ बराबरको ताम्रपत्र प्रदान गरिने छ । कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त श्री दिनेशकुमार थपलियाज्यूको प्रमुख उपस्थिति रहने छ। अभिनन्दन कार्यक्रममा प्रदेश १ का १४ वटै जिल्लाबाट एक-एक जना प्रतिनिधि, सङ्घीय राजधानी काठमाडौंबाट साहित्यकार, प्राध्यापक र सामाजिक अगुवा गरी दस जनाको विशेष सहभागिता रहने जनाइएकाे छ। अन्य प्रदेशबाट २५ जिल्लाका एक-एक जना प्रतिनिधि सहभागी हुने छन् ।भारतका विभिन्न प्रदेशबाट २२ जनाको सहभागिता रहने छ साथै, भारतबाट आसामबाट आउने साहित्यकारको टोलीले आसामी भेषभूषासहित आसामी नागरिकको तर्फबाट पनि अभिनन्दन तथा सम्मान गर्नु हुनेछ गृहनगर इटहरी सेरोफेरोका क्षेत्रमा उपस्थितिका लागि ठूलो सङ्ख्यामा पत्राचार गरिएको छ ।

अभिनन्दन कार्यक्रम दिउँसो ११:३० बजेबाट सुरु हुने छ। घिमिरेलाई इटहरी- ४ पाँचधारेस्थित उहाँको घरबाट रथयात्रा सुरु गरिने छ । त्यस क्रममा विभिन्न जातीय भेषभूषा, झाँक्री, ब्यानरसहित इटहरी वडा-९ स्थित जनता माध्यमिक विद्यालयको मैदानमा पुगेर १२.३० बजेदेखि औपचारिक कार्यक्रम सुरु हुने छ ।

Comments

सम्बन्धित खवर