•  १५ बैशाख २०८१, शनिबार
  •  9:07:43 AM

सुनसरी ४ अन्याैलमा मतगणना , कांगेस र एमालेकाे बेग्ला बेग्लै पत्रकार सम्मेलन : बिद्यालयमा राजनीतिले डेरा जमाएपछि पठन पाठन अवरूद्ध

- मंसिर १२, २०७९ मा प्रकाशित


इटहरी । गत शनीबार दिउसो देखि स्थकित सुनसरी क्षेत्र नं ४ को मतगणना बारे दलहरूबिच अहिले सम्म कुनै सहमती जुटन नसक्दा अन्यौल शिर्जना भएको छ । मतगणना तत्काल नभए सडक आन्दोलन चर्काउने भन्दै नेकपा एमाले सुनसरीले सोमबार दिउसो इनरूवामा पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन आयोगलाइ चेतावनि दिएको छ भने सोहि दिन नेपाली कांग्रेसले पनि छुट्टै पत्रकार सम्मेलन गर्दै पुनःमतगणना हुनुपर्ने अडान कायम राखेपछि सुनसरी ४ मा मतगणना अन्यौल बनेको हो ।

गणनाको क्रममा हुदै नभएको ६०६ मत एमाले तर्फ गनीएको भन्दै उम्मेद्वार कार्कीले आयोग समक्ष पुन मतगणना हुनुपर्ने माग सहित उजुरी दिएपछि सो क्षेत्रमा मतगणना गत शनीबार देखिनै स्थकित बनेको छ । पटक पटक सहमती जुटाउन बसेको सर्वदलीय बैठक बसेपनि बुदागत विषयहरू तर्फ दलका प्रतिनिधिहरूबिच तालमेल नमिलेपछि मतगणना अन्यौल बनेको हो । निर्वाचन अधिकृतले हस्ताक्षर गरी शिल गरिसकेको मतपत्र पुनःगणना गर्न नमिल्ने कानुनमा उल्लेख भएपनि नेपाली कांग्रेसले पुनःगणनाको अडान कायम राखेको छ ।

सो क्षेत्रका मुख्य निर्वाचन अधिकृत अर्जुन प्रशाद अधिकारीका अनुसार कानुनमै नभएको ब्यवस्था उलंघन गर्न नमिल्ने तर दलहरूबिच नै सक्दो सहमतिको प्रयास जुटनुपर्ने बताए । अर्को प्रसंगमा उनले मतगणनामा धाधली नभएको स्पस्ट पारे । वराहक्षेत्र ८ को ६०६ मत स्थानीय अपडेटमा कर्मचारीको त्रुटिका कारण दोहोरो गणना हुन पुगेको तर आयोगको मूल डाटामा इन्ट्री तथा पोस्टिङ नभएकोले त्यसलाइ हटाएर मतगणना सुचारू गर्न सकिने भएपनि दलहरूबिच सहमति नजुटेकोले समस्या जटिल बनेको बताए ।

निर्वाचन अधिकृत अधिकारीका अनुसार यहाको समस्या निर्वाचन आयोगको प्रधान कार्यालय समक्ष पत्रचार गरिसकेको र उताबाट निर्देशन आए अनुसारको काम कार्वाहि अघि बढाइने बताए । यता नेपाली कांग्रेसले पनि सोमबार नै पत्रकार सम्मेलन गर्दै जनताले दिएको अमुल्य मतको सदैव कदर गर्द आएको बताउदै निर्वाचन अधिकृतले समेत भुल स्विकारि सकेको अवस्थामा पुनःमतगणनाको बिकल्प नरहेको बताएको छ ।

सुनसरीको ४ वटै निर्वाचन क्षेत्रमा पार्टिका उम्मेद्वारहरूले पराजयको सामना गरिरहदा जनताले दिएको मतलाइ स्विकार गरि अघि बढेको अवस्था छ तर सुनसरी ४ मा भने गलत भएको ठहर गर्दै पुनःमतगणनाको माग गरिएको नेपाली कांग्रेस सुनसरी जिल्ला सभापती केदार भण्डारीले बताए ।

हाल यो क्षेत्रमा ६० हजार बढी मतगणना भएको छ । जसमध्ये एमालेका कुसियतले २३ हजार ३ सय ४१ मत प्राप्त गरेका छन् भने कांग्रेसका कार्कले २३ हजार ४ सय ३९ मत पाएका छन् ।

जसअनुसार कांग्रेसले ९८ मतले अग्रता गरेको छ । यस क्षेत्रमा जम्मा ८१ हजार २ सय ३३ मत खसेको छ ।यता नेपाली कांग्रेस र एमाले उम्मेद्वारबिचको अडानले शान्तीको क्षेत्र बिद्यालय भने चेपुवामा परेको छ । सुनसरी ४ को मतगणना स्थल इनरूवास्थित भगबती मावीको कक्षाकोठामा भइरहेको छ । एक साता भित्र सबै मतपरिणाम गनि सक्ने निर्वाचन आयोगले बताएपनि ससुनसरी ४ मा अन्यौल शिर्जना भइदिदा बिद्यालयमा पठन पाठन अवरूद्ध बन्दै आएको छ ।

गत मंसिर ६ गते देखि नै देशभरका शैक्षिक संस्थाहरू सुचारू भएपनि इनरूवाको भगबती मावी अझै सुचारू हुन सकेको छैन । मतगणनामा देखिएको बिवादका कारण प्रहरी र राजनीतिक दलका प्रतिनिधिहरूले सो बिद्यालय क्षेत्रलाइ चेपुवामा पारिदिदा बिद्यार्थिहरूको पठन पाठन पनि अवरूद्ध बन्दै आएको छ ।

Comments

सम्बन्धित खवर