•  १५ बैशाख २०८१, शनिबार
  •  8:32:35 AM

कांग्रेसले हरेक प्रदेशमा छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने

- आश्विन ९, २०७९ मा प्रकाशित


इटहरी । नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने तयारी गरेको छ ।मूल घोषणापत्रमा सार समेटेर प्रदेशका लागि भिन्नाभिन्नै घोषणापत्र बनाउन लागिएको केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक महामन्त्री  विश्वप्रकाश शर्माले जानकारी दिए । प्रदेश संरचना अन्तर्गत पहिलोपटक निर्वाचन घोषणापत्र बनाउन लागिएको हो ।

सात प्रदेशको घोषणापत्र बनाउनका लागि ६  महामन्त्री र एक केन्द्रीय सदस्यलाई समन्वय गर्न जिम्मेवार तोकिएको छ । केन्द्रीय घोषणापत्र तयारी समितिको बैठकले प्रदेशको समन्वय गर्ने गरि ७  जनालाई जिम्मेवारी दिएको हो ।कांग्रेसले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र बनाउन महामन्त्री शर्माको संयोजकत्वमा ४३ सदस्यीय समिति बनाएको छ ।

Comments

सम्बन्धित खवर