•  १५ बैशाख २०८१, शनिबार
  •  8:01:19 AM

गोठाटारमा गोली लागेका घाइतेको मृत्यु

- आश्विन ४, २०७९ मा प्रकाशित


काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा  गोली लागेर गम्भीर घाइते भएका एक जनाकोउपचारका क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा सर्लाहीको हरिवान नगरपालिका–२ का ५५ वर्षीय  मोहम्मद दर्जी रहेको प्रहरीले जनाएको छ । 

मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले बताए । पल्सर मोटरसाइकलमा आएका २ जनाले गोली प्रहार गरेर फरार भएका थिए। अहिले प्रहरीले गोली प्रहारमा संलग्नको खोजी गरिरहेको छ। 

Comments

सम्बन्धित खवर