•  १५ बैशाख २०८१, शनिबार
  •  8:34:50 AM

राजाको विरोध गर्दा ४५ बर्ष जेल, सामाजिक सञ्जालमा के लेखेकी थिइन् ?

- भाद्र २२, २०७९ मा प्रकाशित


रियाद । साउदीमा एक साताअघि समाजिक सञ्जालमा विवादास्पद सामग्री पोस्ट गरेको भन्दै एक महिलालाई ४५ वर्षको सजाय सुनाइएको थियो । तर, उक्त सजाय पाउने गरी उनले के पोस्ट गरेकी थिइन भनेर खुलाइएको थिएन् ।

मंगलबार भने सरकारले महिलाले पोस्ट गरेको सामग्री र उनीमाथि लगाइएको आरोपबारे खुलासा गरेको छ । महिलालाई राजा सलमान र युवराज मोहम्मद बिन सलमानको धर्म र न्यायलाई चुनौती दिन ट्विटर प्रयोग गरेको अभियोग लगाइएको छ । पाँच सन्तानकी आमा नुराह अल-काहतानीलाई साउदी अधिकारीहरूले दुरासयपूर्ण सामग्री पोस्ट गरेकोमा गत हप्ता जेल सजाय सुनाइएको थियो । उक्त सजायले पश्चिम देशले निन्दा गरेको थियो । अल काहतानीले अधिकारीहरूको अपमान गर्न र सुरक्षा मुद्दामा विचाराधीन बन्दीहरूलाई रिहाइका लागि ट्वीटर प्रयोग गरेको आरोप लागेको छ ।

Comments

सम्बन्धित खवर