•  १५ बैशाख २०८१, शनिबार
  •  5:51:53 AM

महानगरको अल्टिमेटमपछि फनपार्कले बुझायो १७ लाख ३६ हजार कर

- भाद्र १६, २०७९ मा प्रकाशित


काठमाडौं । महागरपालिकाको २४ घण्टे अल्टिमेटमपछि भृकुटीमण्डपस्थिति काठमाडौं फनपार्कले कर तिरेको छ ।काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख शिव अधिकारीका अनुसार फनपार्कले महानगरपालिकालाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ । यो मनोरन्जन करवापतको रकम हो ।

फनपार्कले साउनसम्मको बक्यौता तिरेको उनले जानकारी दिए । उनका अनुसार बहाल कर भने फनपार्कले समाज कल्याण परिषद्लाई तिर्ने गरी सम्झौता गरेको पाइएको छ । सोही अनुसार महानगरपालिकाले परिषद्लाई ताकेता गर्ने समेत उनले जानकारी दिए । यसअघि महानगरपालिकाले फनपार्कलाई कर तिर्न २४ घण्टाको समय दिएर बुधबार पत्र काटेको थियो ।

Comments

सम्बन्धित खवर