•  १४ बैशाख २०८१, शुक्रबार
  •  3:53:26 PM

इटहरीमा अब सातै दिन बजार खुल्ला : हाेटल राती ११ बजे सम्म सञ्चालन हुने

- भाद्र १६, २०७९ मा प्रकाशित


इटहरी / हिन्दु नेपालीहरूकाे महान पर्व बडा दशै , दिपावली तथा छैठ नजिकिएसंगै सेवाग्राहिहरूकाे मागलाइ मध्यनजर गर्दै अब इटहरी बजार सातामा सातैदिन खुल्ला हुने भएका छन भने इटहरी क्षेत्रमा सञ्चालित हाेटलहरू राती ११ बजे सम्म सञ्चालन हुने भएका छन ।

उद्याेग वाणिज्य संघ इटहरीले बजार खुलाउने विषयमा बिहीबार सुचना जारी गर्दै सातै दिन बजजार खुल्ला गर्न ब्यवसायीहरूलाइ अनुराेध गरेकाे हाे । बिगतका दिनहरूमा सातामा एक दिन बिहीबार बजार बन्द हुदै अाएकाे इटहरीमा अब सातै दिन खुलला रहने भएकाे हाे ।

यसै बिच इटहरीका हाेटलहरू पनि राती ११ बजे समम सञ्चालन गर्न पाइने भएकाे छ । इटहरी उपमहानगरले एक महिना अघिनै सर्वपक्षीय छलफल राखेर हाेटलहरूलाइ खुल्ला गर्ने निर्णय गरेपनि प्रभावकारी कार्यानवयन भएकाे थिएन । उद्याेग वाणिज्य संघ इटहरीले हाेटल व्यवसायहरूलाय पनि राति ११ बजे समम खुल्ला गरेर सेवाग्राहिहरूलाइ सेवा दिन अनुराेध गरेकाे छ । 

Comments

सम्बन्धित खवर