•  १४ बैशाख २०८१, शुक्रबार
  •  8:32:17 AM

युरो भन्दा डलर महँगो, कति छ आज विदेशी मुद्राको विनिमय दर ?

- भाद्र ८, २०७९ मा प्रकाशित


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०९ पैसा रहेको छ । युरो एकको खरिद दर १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा रहेको छ । आजको विनिमय दर अनुसार युरो भन्दा डलर महँगो भएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ ८४ पैसा र बिक्री दर १५० रुपैयाँ ५४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८४ पैसा र बिक्री दर ३५ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Comments

सम्बन्धित खवर