•  १४ बैशाख २०८१, शुक्रबार
  •  6:04:45 AM

एसईई नतीजा : कुन जीपीए ल्याउनेले के विषय पढ्न पाउने ?

- श्रावण १२, २०७९ मा प्रकाशित


इटहरी ।  एसईईमा नतिजा आएसँगै एकातर्फ कुन विषय पढ्ने तथा अर्कोतर्फ कुन संकायमा कुन विषय पढ्न पाइन्छ भन्ने स्वाभाविक जिज्ञासा हुन्छ  ।एसईईको जीपीएअनुसार विद्यार्थीले यस्तो विषयमा अध्ययन गर्न पाउँछन्  ।

२ जीपीए ल्याउने विद्यार्थीले विज्ञान र १.६ ल्याउनेले व्यवस्थापन, मानविकी, शिक्षा, कानुन संकाय अध्ययन गर्न पाउँछन् ।तर संकायअनुसार तोकिएको विषयहरूमा निश्चित ग्रेड प्राप्त गरेको हुनुपर्छ । विज्ञान समूह अध्ययन गर्न अनिवार्य विज्ञान र गणितमा सी प्लस ल्याएको हुनुपर्छ ।

सँगै नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्छ । व्यवस्थापन संकायका लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक विषयमा कम्तीमा डी प्लस ल्याउनुपर्छ । मानविक संकायतर्फ पढ्न अंग्रेजी, नेपाली, सामाजिक विषयमा डी प्लस ल्याएकै हुनुपर्छ ।

शिक्षा संकायका लागि अध्ययन अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस आएको हुनुपर्छ ।शिक्षा समूहको विज्ञान अध्ययन गर्न चाहनेले एसईईमा विज्ञान र गणितमा डी प्लस ल्याउनुपर्ने हुन्छ । प्राविधिक धारबाट १० कक्षाको परीक्षा दिएका विद्यार्थीले साधारणतर्फ पनि कक्षा ११ मा भर्ना भएर अध्ययन गर्न पाउँछन् ।

Comments

सम्बन्धित खवर