सुनसरीमा तरकारी लाेड गरिएकाे गाडीबाट दुई सय किलो गाँजा बरामद
- मंसिर ८, २०७९ मा प्रकाशित
इटहरी । तरकारी लोड गरिएको गाडीमा दुई सय १७ किलो गाँजा बरामद भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको कोसी गाउँपालिका–३ मा बन्दाकोभी लोड गरिएको गाडीबाट सशस्त्र प्रहरीले बुधबार बिहान २ सय १७ किलोग्राम गाँजा बरामद गरेको हो ।
धनकुटाबाट भारतको जनकपुर तर्फ जाँदै गरेको को १ च ८५२५ नम्बरको पिकअपबाट गाँजा बरामद भएको सशस्त्रले जनाएको छ । गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले टोली परिचालन गरेका थिए ।
सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम होमागाईं नेतृत्वको टोलीले बिहान ४ बजेतिर रोकेर पिकअप खानतलासी गर्दा गाँजा बरामद भएको हो ।८ वटा बोराभित्र प्याक गरिएको गाँजा माथिबाट बन्दाकोभीले छोपेर लैजाँदै गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
सशस्त्रले पिकअपसहित गाँजा र तरकारी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी गरिरहेको छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख ८, २०८१इटहरीमा डिजिटल पेन्टसकाे आकस्मिक रक्तदान : ५४ प्रिन्ट रगत सङ्कलन
-
ताजा बैशाख ५, २०८१इटहरीमा कानुनी सचेतना सम्बन्धि एक दिवाशीय गोष्ठी सम्पन्न
-
ताजा बैशाख ३, २०८१इटहरीमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तीघाटका कर्मचारीकाे मृत्यु
-
ताजा बैशाख २, २०८१इटहरीमा पनि मनाइयो चैती छठ
-
ताजा चैत्र २८, २०८०इटहरीका विरबहादुर : खानेपानी निर्वाचनमा विजयी बने : बधाई थाप्न नपाइ अस्ताए
Comments