•  १५ चैत्र २०८०, बिहीबार
  •  4:20:22 AM

सुनसरीमा तरकारी लाेड गरिएकाे गाडीबाट दुई सय किलो  गाँजा बरामद

- मंसिर ८, २०७९ मा प्रकाशित


इटहरी । तरकारी  लोड गरिएको गाडीमा दुई सय १७ किलो गाँजा बरामद भएको छ ।   पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको कोसी गाउँपालिका–३ मा बन्दाकोभी लोड गरिएको गाडीबाट सशस्त्र प्रहरीले बुधबार बिहान   २ सय १७ किलोग्राम गाँजा बरामद गरेको हो ।

धनकुटाबाट भारतको जनकपुर तर्फ जाँदै गरेको को १ च ८५२५ नम्बरको पिकअपबाट  गाँजा बरामद भएको सशस्त्रले जनाएको छ । गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले टोली परिचालन गरेका थिए ।

सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम होमागाईं नेतृत्वको   टोलीले बिहान ४ बजेतिर रोकेर पिकअप खानतलासी गर्दा गाँजा बरामद भएको हो ।८ वटा बोराभित्र प्याक गरिएको गाँजा माथिबाट बन्दाकोभीले छोपेर लैजाँदै गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

सशस्त्रले पिकअपसहित गाँजा र तरकारी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी गरिरहेको छ ।

Comments

सम्बन्धित खवर