•  १६ बैशाख २०८१, आईतवार
  •  5:24:04 AM

सांघाइमा कोभिडबाट तीन जनाको मृत्यु

- बैशाख ५, २०७९ मा प्रकाशित


बेइजिङ: मार्चको अन्त्यमा लकडाउनमा प्रवेश गरेपछि गरेपछि चीनले पहिलो पटक सांघाईमा कोभिडबाट तीन जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुने तीनै जना ८९ देखि ९१ वर्ष वर्ष उमेर समूहका रहेका सहरको स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या रहेको र खोप नलगाएको प्राप्त विवरणहरूमा जनाइएको छ । 

त्यसअघि चीनले सांघाइमा कोभिडबाट कसैको मृत्यु नभएको जनाएको थियो । चीनको दाबीलाई लिएर सर्वत्र प्रश्न उठेको थियो । 

अधिकारीहरूका अनुसार सोमबार एकै दिन २२ हजार २४८ नयाँ संक्रमित फेला परेका थिए । बचाउने अथक प्रयासबीच तीनै जनाको अस्पतालमा मृत्यु भएको सांघाइको स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ । 

कोभिड महामारी फैलिएपछि सांघइ तीन सातादेखि लकडाउनमा छ । लकडाउनका कारण सर्वसाधारण नागरिक सरकारसँग क्रुद्ध छन् । -एजेन्सी

Comments

सम्बन्धित खवर