•  १६ बैशाख २०८१, आईतवार
  •  4:26:21 AM

इटहरीकाे सामुदायिक अस्पताललाइ देशकै नमुना अस्पताल बनाइने , अब २४ सै घण्टा चिकित्सक सेवा पाइने

- बैशाख ४, २०७९ मा प्रकाशित


इटहरी । निजि क्षेत्रकाे लगानीबाट सञ्चालित सामुदायिक अस्पताल इटहरीले अब दक्ष चिकित्सकहरू सहितकाे २४ घण्टा आकस्मिक सेवालाइ प्राथमिकता दिदै थप सेवालाइ प्रभावकारी बनाउने भएकाे छ । शनिबार उक्त अस्पतालले आफ्नै भवनमा पत्रकारहरूसंग कुरा गर्दै बिरामिहरूकाे अवस्था र मानव स्वास्थ्यलाइ मध्यनजर गर्दै थप सेवाहरूलाइ प्रभावकारी बनाइने बताइएकाे छ ।

अस्पतालकाे सेवा विस्तार गर्ने विषयमा बाेल्दै सञ्चालक समितिका अध्यक्ष टंक दुलालले   हाडजोर्नी, नशा तथा प्रसुती सम्वन्धी सेवाका विशेषज्ञ चिकित्सकबाट २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएको जानकारी गराए । बिरामिहरूलाइ इटहरीभित्रै सेवा उपलब्ध गराउने उद्येश्य सहित उपचारकालागि बाहिर कुनै शहर जान नपराेस भन्दै निजि लगानीबाट स्थापना गरिएकाे इटहरीकै पहिलाे अस्पतालले अब हाडजोर्नी, नशा तथा प्रसुती सम्वन्धी सेवाका लागि २४ घण्टे आकस्मिक सेवा सञ्चालनमा ल्याएकाे जनाइएकाे छ ।

वि.सं.२०५६सालमा इटहरी तथा आसपासका क्षेत्रका विरामीहरु उपचारका लागि रातको समयमा समेत धरान र विराटनगर जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै २५जना सेयर सदस्य भएर सामुदायिक अस्पताल स्थापना गरेर सेवा दिदै आएकोमा हाल आफनै भवन र विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट सेवा उपलव्ध भएको अस्पतालका अध्यक्ष टंक दुलालले जानकारी गराए । पत्रकार सम्मेलनमा अध्यक्ष दुलालले १५वेड सञ्चालनमा रहेको अस्पताल चाडै नै २५वेडको सञ्चालनमा ल्याउन लागिएको समेत वताए । अस्पतालमा आधुनिक ल्याव सञ्चालनमा रहेको साथै विरामीले  घरमै बसेर उपचार पाए जस्तै गरी सेवा प्रदान गरिदै आएको अस्पतालका मेडीकल सुपरिटेन्ड डा.डिल्ली राज रिजालले वताए ।

  अस्पतालमा हाल २४सै घण्टा जनरल तथा आकस्मिक मेडिसिनका सम्पुर्ण रोक सम्वन्धी सेवा डा.डिल्लीराज रिजाल तथा डा.वुद्धिबहादुर गुरुङ्गबाट हाडजोर्नी तथा नशारोग सम्वन्धी २४ घण्टे सेवा ,बालरोग सम्वन्धी दैनिक तथा आकस्मिक सेवा , रेडियोलोजी सेवा, मानसिक रोग सम्वन्धी आकस्मिक तथा परामर्ष सेवा आँखा रोग , सौन्दर्य ,छाला ,यौन रोग सम्वन्धी सेवाहरु सञ्चालनमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

Comments

सम्बन्धित खवर