•  १६ बैशाख २०८१, आईतवार
  •  4:28:33 AM

सांघाइमा कोभिड बढेको बढ्यै, प्रतिबन्ध उल्लंघन गर्नेलाई कडा कारबाही

- चैत्र ३०, २०७८ मा प्रकाशित


सांघाई: कोभिड १९ लकडाउनसम्बन्धी नियम उल्लंघन गर्ने जो कोहीलाई कडा कारबाही गरिने सांघाइले चेतावनी दिएको छ । लकडाउनबीच संक्रमितको संख्या बढिरहेका बेला सो चेतावनी आएको हो ।

सांघाइमा दैनिक संक्रमितको संख्या २५ हजार नाघेको छ । सहर प्रहरी विभागले एउटा सूचना जारी गर्दै कोभिड उल्लंघन गर्नेलाई कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ । 

‘यस सूचनाको प्रावधान उल्लंघन गर्नेलाई सार्वजनिक सुरक्षा निकायबाट कानुन बमोजिम कडा कारबाही गरिने छ । यदि यो अपराध हो भने उनीहरूलाई कानूनअनुसार अनुसन्धान गरिनेछ’ विभागले एक विज्ञप्तिमा भनिएको छ । 

‘एउटै हृदयले महामारीसँग लड्न र प्रारम्भिक विजयको लागि मिलेर काम गर्नसमेत विभागले आह्वान गरेको छ । -एजेन्सी

Comments

सम्बन्धित खवर